माओवादी केन्द्र सल्यानमा लफडा, विनाविभागिय मन्त्री बस्नेतलाई कारवाही



सरिता चलाउने, सल्यान । नेकपा (माओवादी केन्द्र) सल्यानमा पाटि भित्रै बिवाद चर्किएको छ । स्वतन्त्र उम्मेदवाहरुले आफु नै आधिकारिक उम्मेदवार भएको जनाएका छन ।
नेकपा माओवादी सल्यानले बिहिवार सल्यानको खलंगामा पत्रकार सम्मेलनको आयोजना गर्दै स्वन्त्र उम्मेदवार उमाकान्त शर्मा र भीम प्रकाश शर्मा नै जिल्ला पाटीको आधिकारिक उम्मेदवार भएको जानकारी दिएको हो । प्रतिनिधि सभाकालागि उमाकान्त शर्मा र प्रदेश सभा सदस्यको लागि निर्वाचन क्षेत्र न (क) बाट भीम प्रकाश शर्मानै आधिकारिक उम्मेदवार भएकाले उहाँलाई जिताउन सबैमा आग्रह गरिएको जिल्ला संयोजक कर्ण बहादुर बुढाथोकीले बताउनु भयो । निर्वाचनको सिट बाँडफाँडमा केही व्यक्तिले आफ्नो व्यक्तिगत स्वार्थका कारण सल्यानलाई अन्यायमा पारेको र आज जनमानसको भावना विपरित कार्य गरेकाले आफुहरुले स्वन्तत्र उम्मेदवारलाई जीताउन मंसिर १३ गते बसेको जिल्लाको पूर्ण वैठ्कले निर्णय पारित गरेको बुढाथोकीले बताउनु भयो ।
जनयुद्धबाट प्राप्त उपलब्धिलाई रक्षा गर्नका लागि पनि स्वन्तत्र उम्मेदवारलाई जीताउनुको विकल्प नरहेको बुढाथोकीको भनाई रहेको छ ।
विनाविभागिय मन्त्री बस्नेतलाई कारवाही

यस्तै माओवादी केन्द्र सल्यानले विनाविभागिय मन्त्री तथा वामगठबन्धनबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार टेक बहादुर बस्नेतलाई सल्यानको पाटी विभाजित गरेको भन्दै कारवाहीका लागि सिफारिस गरेको छ । यस्तै सल्यानको पाटी विभाजन गराउनमा प्रत्यक्ष भुमिका खोलेको भन्दै माओवादी पोलिटव्यूरो सदस्य नेव बहादुर कंवर, रत्न बहादुर वली, रमेश मल्ल र कृति बहादुर पुनलाई पाटीको विधान अनुसार हदैसम्मको कारवाहीका लागि प्रदेश कार्यालय र पाटी केन्द्रिय कार्यालयमा सिफारिस गरेको छ । जिल्ला सम्मेलन आयोजक समिति सदस्य तथा केन्द्रिय महाधिवेशन आयोजक समिति सदस्य निम बहादुर केसीलाई जिल्लाका सम्पूर्ण जिम्मेवारीबाट निस्कासन गरिएको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।
केहि दिन अघि मात्र माओवादीका सचिवालय सदस्यहरुले सदरमुकाम खलंगामा पत्रकार संमेलन गरि पोलिटव्युरो सदस्य तथा जिल्ला संयोजक कर्ण वहादुर वुढाथोकी (छहारी) लाई जिल्ला संयोजक वाट हटाउन र कार्वाहीका लागी प्रदेश कमीटी र पार्टी केन्द्र लाई सिफारीस गरि उहाँको ठाउँमा निम वहादुर केसी (अरुण) लाई चयन गरीएको जानकारी दिएको थियो । तर अरुणको जिम्मेवारी खोसीएको र जिल्ला पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरि जिल्ला सम्मेलन आयोजक समितिको पुर्ण बैठक कारवाही गरिएको जानकारी दिएको छ ।
बुधबार बसेको जिल्ला सम्मेलन आयोजक समितिको पुर्ण बैठकका निर्यनयहरु बिहीबार पत्रकार सम्मेलनमा सार्वजनीक गर्दै संयोजक कर्णबहादुर बुढाथोकी (छहारी) ले आफुहरुको उमेदार बामगठबन्धन बिरुद्व नभएर टेकबहादुर बस्नेत विरुद्व भएको बताएका छन् । उनले टेकबहादुर प्रति आक्रोस हुदै भने “दुई दुई पटक जितेर संसद हुदा पनि सल्यानमा केहि गर्न सकेनन् अब टेकबहादुरको पार्टीमा पनि काम छैन त्यसैले हामीले उमेदारी दिएका हौँ ।”
जिल्लाको सम्पुर्ण पार्टीपंति आफुतिर भएको भन्दै उनले आफुहरुलाई गरेको कारबाहि साच्चीकैको कारबाही नभएर देखाउनलाई गरेको् तर त्यसलाई जिल्ला कमिटीले खारेज गरेको बताएका छन् । सल्यानमा माओवादी केन्द्रमा ६४ सचिवालय सदस्य रहेकामा २५ सदस्यमात्रै बाम गठबन्धनतिर अरु सबै आफुतिर रहेको जिल्ला संयोजक छहारीले दावि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्