शिशु हत्याको आरोपमा पक्राउ



शालिकराम चालिसे, नुवाकोट ।
तारकेश्वर गाउँपालिका–२ तारुकाकी २२ वर्षिया सविना अधिकारी र उनका २३ वर्षिया देवर विनोद अधिकारीलाई शिशु हत्या आरोपमा प्रहरीले आज गिरफ्तार गरेको छ ।

सविनाले देवरसँगको अबैध सम्बन्धबाट जन्मिएको शिशु(नाबालिका)को हिजो जन्मिनासाथ हत्या गरि मलखाल्डोमा गाडेको अबस्थामा शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक कैलाश भट्टराईले जानकारी दिनुभयो ।

देबरसँग अबैध सम्बन्ध रहेको खुलेपछि हत्यामा देवरको संलग्नता भए नभएको अनुषन्धान भइरहेको प्रहरीले जनाएको छ । सविनाका श्रीमान् भने बैदेशिक रोजगारीमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्