२१ गतेपछि बामगठबन्धनको नयां सरकार बन्ने पक्का छ: ज्ञवाली



सरिता चलाउने, सल्यान । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले अहिलेको बाम गठबन्धन दुई तिहाईका साथ विजयी हुने बताउनु भएको छ । सल्यानको रागेचौरमा भएको आमसभालाई सम्बोधन गर्दै उहाले यस्तो कुरा बताउनु भएको हो ।
मंसिर २१ गतेपछि बामगठबन्धनको नयां सरकार बन्ने पक्का भएको समेत उहाले ठोकुवा गर्न भएको छ । उहाले भन्नु भयो –“ मुलुकको विकास र समवृद्दिका लागी बाम गठबन्धन सरकारको विकल्पनै छैन ।” ज्ञवालीले बाम गठबन्धनको उद्देश्य संविधान संसोधन,गरिबि उन्मुलन,समृद्द राष्ट्र निर्माण जस्ता विषयमा काम गर्ने भएकाले सबैको रोजाईमा बाम गठबन्धन परेको बताउनु भयो । यस्तै उहाले सल्यान जिल्लाको विकासर समृद्दि तथा ६ नम्बर प्रदेशको समग्र विकास र हितका निम्ति पनि बाम गठबन्धनका उम्मेदवार लाई विजयी बनाउन जरुरी रहेको उल्लेख गर्नु भयो ।
उहाले भन्नु भयो –“ यस जिल्लाका बाम गठबन्धनका विजयी उम्मेदवारले सल्यानकोे विकासका लागी मात्रै होइन समग्र ६ नम्बर प्रदेशको विकासका निम्तिी लागीपर्ने छन।” कार्यक्रममा पुर्व गृहमन्त्री तथा जाजरकोट बामगठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार शक्ती बस्नेत, सल्यान बामगठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार टेक बहादुर बस्नेत,निर्वाचन क्षेत्र नम्बर १का प्रदेशसभाका उम्मेदवार गुलाबजंग शाह,माओवादी केन्द्रका नेता रमेश मल्ल लगायतका नेताहरुले सम्बोधन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्