रुकुमका दुई मतदान केन्द्रमा पुनः मतदानका लागी निबार्चन टोली खटाइयो



धनवीर दाहाल, रुकुम । गत मंसिर १० गते स्थगित भएको रुकुम पश्चिमको बाँफिकोट गाँउपालिका वडा नं ५ रत्न आधारभुत बिद्यालय मतदान केन्द्र र आठबिसकोट नगरपालिका वडा नं ११ नेपाल राष्ट्रिय मावि गत्तासैना मतदान केन्द्रमा यहि १५ गते हुने पुनः मतदानका लागी बुधबार कर्मचारी तथा सुरक्षाकर्मी टोली खटाइएको छ । बाँफिकोट गाँउपालिका ५ रत्न आधारभुत बिद्यालय मतदान केन्द्रको क बुथमा प्रतिनिधि सभा अन्र्तगत प्रत्यक्ष तर्फ र आठबिसकोट नगरपालिका ११ नेपाल राष्ट्रिय मावि गत्तासैना मतदान केन्द्रको ख बुथमा समानुपातिक तर्फको मतपेटिकामा एसिड राखिएपछि मतपेटिका आगलागी भएको कारण गत १० गते मतदान स्थगित भएको थियो । सोही दुई वटा मतदान केन्द्रका दुई वटा बुथमा मंसिर १५ गते पुनः मतदान हुँदै छ ।
निबार्चन आयोगको निर्णय अनुसार १५ गते पुनः मतदान हुने भएपछि बुधबार ति दुई मतदान केन्द्रमा निबार्चन टोली खटाइएको हो । आठबिसकोटको गत्तासैना मतदान केन्द्रमा जिल्ला शिक्षा अधिकारी कर्णबहादुर कुँवरको नेतृत्वमा र बाँफिकोट रत्न आधारभुत बिद्यालय मतदान केन्द्रमा सहायक निबार्चन अधिकृत तेजप्रसाद पौडेलले नेतृत्वमा टोली खटाइएको मुख्य निबार्चन अधिकृतको कार्यालय रुकुम पश्चिमले जनाएको छ । ति दुई मतदान केन्द्रको पुनः मतदानका लागी सबै तयारी पुरा भएको सहायक निबार्चन अधिकृत तेजप्रसाद पौडेलले बताउनुभयो ।
पुनः मतदानका लागी सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ । जिल्ला स्तरबाट म्यादी प्रहरी, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेनाको टोली थप पठाइएको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्