गोकर्ण बिष्टको चुनावी भाषण, ‘मलाई कसैलाई गाली गर्ने फुर्सद छैन्’



अनिल खत्री, गुल्मी।
चुनाव प्रचारप्रसारका क्रममा ठुला ठुला आमसभा गर्ने र विपक्षीलाई भाषण मार्फत विरोध गर्ने कुरा नौलो होईन । अझ झुटा आश्वसन वाडेर भाषण र आफ्नो जितपछि आफ्नो क्षेत्रमा विकासको मुल फुटाउने घोषणा गर्ने उम्मेदवारहरुको पनि यतिखेर कमी छैन ।

चुनावी प्रतिस्पर्धामा उत्रिएका बिभिन्न दलका नेता तथा उम्मेदवारहरुले मतदाताहरुलाई रिझाउन विपक्षी दल तथा उम्मेदवारहप्रति आरोप नै मुख्य हतियार बनाएको पाईन्छ । ब्यक्तिगत लाञ्छानदेखि राजनितिक आरोपकै भरमा मतदाताहरुलाई प्रभावमा पार्न पनि दल तथा उम्मेदवार हावी देखिन्छन । तर यस्ता पनि उम्मेदवार छन जो प्रतिस्पर्धीलाई एक शब्द पनि आरोप लगाउँदैन ।

सभामा होस या घरदैलोमा उनी आफ्ना विकासका एजेण्डालाई नै प्राथमिकता दिन्छन् । उनी हुन गुल्मी प्रतिनिधीसभा क्षेत्र नम्वर २ बाट वाम गठबन्धनका साझा उम्मेदवार गोकर्ण विष्ट । नेकपा एमालेका केन्द्रिय सचिव एवम पूर्व उर्जामन्त्री विष्ट अहिले प्रचार–प्रसारका क्रममा आफ्नो क्षेत्रका मतदाताहरुलाई भेटन र मत माग्न व्यस्त छन ।

चुनावी आमसभा भन्दा घरदैलो कार्यक्रमलाई नै बढी समय दिएका उनी गठबन्धनका प्रदेश सभाका उम्मेदवारसँगै मतदाताको खेतबारीसम्मै पुगेर सबैलाई भेट्ने गरेका छन् । उनका मुख्य प्रतिस्पर्धीमा नेपाली कांग्रेसका पूर्व जिविस सभापति चन्द्र केसी देखिएका छन् । चुनावी अभियानमा रहेका गोकर्ण विष्टले भोट माग्ने क्रममा नत आफ्ना प्रतिस्पर्धी चन्द्र केसीबारे टिप्पणी नै गर्छन, न त नेपाली कांग्रेसकै आलोचना गर्छन ।

केन्द्रमा शालिन र सदाचारी नेताको छवी बनाएका विष्टको प्रचार शैलीपनि त्यस्तै छ साना–साना भेटघाट तथा घरदैलो सहित चुनावी अभियानमा रहेका विष्टले मतदातालाई भेटेर सबैभन्दा पहिले उनीहरुका समस्या तथा गुनासाहरु सुन्ने गरेका छन् ।

मतदाताको गुनासोहरु सुनिसकेपछि त्यसक्षेत्रका लागि आफुले अहिलेसम्म गरेका विकास निमार्ण र आगामी योजनाहरुको वारेमा मतदाताहरुलाई जानकारी गराउँछन । साथै मतदाताले देखाएका समस्या समाधानको प्रतिवद्धता व्यक्त गर्दै मत दिन अनुरोध गर्छन ।

अन्य उम्मेदवारहरु भन्दा फरक शैलीमा मतदाताहरुसगँ भेटघाट गर्ने नेता विष्टको चुनावी कार्यक्रमहरुमा विपक्षीहरु पनि सहभागी हुन्छन । अरुलाई गाली गलौच नगर्ने भएकाले मदाने गाउँपालिका १ अग्लुङ्गमा गोकर्ण बिष्टको चुनावी सभामा पूर्व सासंद बैकुण्ठ बहादुर चन्द आफु आएको बताए । विकासप्रेमी, युवा र साझा नेता हुन गोकर्ण काम पनि गरेका छन पूर्व सासंद चन्दले भने ‘कसैलाई गाली गर्नुहुन्न, जहिले जहिले अग्लुङ्ग आउनुहुन्छ मलाई भेटेर आर्शिवाद दिनुस भन्नुहुन्छ नेता त बिष्ट जस्तो हुनुपर्छ ।’

सबैका साझा नेता भएकाले नै गोकर्ण बिष्टले धेरैको मन जितेर विजयी हुन्छन बैकुण्ठको भनाई रहेको छ । गुल्मी जिल्लाको विकासका मेरुदण्डका रुपमा चिनीने चन्दका अनुसार विपक्षीलाई गाली र आरोप लगाएर नभई जनताको मन जितेर साझा बन्नुपर्ने बताए । उनले सार्वजनिक रुपमै घोषणा गरेरै बिष्टलाई भोट राख्ने बताएका छन । चन्द जस्तै मदाने गाउँपालिका २ बाझकटेरीमा गोकर्ण विष्टको चुनावी कार्यक्रममा बिष्टका कुरा सुन्न आएका काग्रेस वडा उपसभापति निमलाल भुषालले उनको चुनावी प्रचार–प्रसार शैली देखेर पार्टी प्रवेश समेत गरे ।

पहिलो पटक गोकर्ण बिष्टको भाषण सुनियो भुसालले भने ‘अरुलाई गाली नगर्ने, विकास निमार्णका कामहरु जनतालाई जानकारी गराउने मात्रै रहेछ त्यसैले म काग्रेस छोडेर एमालेमा प्रवेश गरे ।’ गोकर्ण विष्टकै ब्यवहार र शैलीले आफु लामो समयसम्म काग्रेसको विभिन्न जिम्मेवारीमा रहेको पाटी छोडेको उनले बताए ।
यता चुनावी कार्यक्रममा रहेका विष्टले पनि अरुलाई गाली गलौच र आरोप लगाएर मन जित्न नसकिने बताए ।

‘मलाई कसैलाई गाली गर्ने फुर्सद पनि छैन’ विष्टले भने, ‘अरुले गाली गर्छन म त जनताको मन जितेर विकास निमार्णका काम गर्न नै फुर्सद छैन ।’ उनले गाली गर्ने जिम्मा अन्य विपक्षी दलका उम्मेदवारहरुलाई भएको बताए । उनका अनुसार जनताको जीवनस्तर माथी उठाउनका लागि र विकास निमार्ण गर्नका लागि राजनिती गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्