कालिकोट जीप दुर्घटनामा तीन जनाको ज्यान गयाे,  बम विस्फोटमा घाइते म्यादी प्रहरीको पनि मृत्यु



काठमाडाैं । कालिकोटमा बलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु पाँच जना घाइते भएका छन् । मुगुबाट सुर्खेत जाँदै गरेको लु २ च २००३ नंम्बरको जीप मंगलबार राति कालिकोटको हस्पिटल मोडमा दुर्घटना भएको हो । दुर्घटनमा मृत्यु हुनेमा नरविक्रम मल्ल, यतुराज न्यौपाने र दयारुप बुमी रहेका छन् । मृतकको ठेगाना खुलेको छैन । घाइतेको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच,  दाङको तुलसीपुरमा अज्ञात समुहको बम विस्फोटमा घाइते भएका म्यादी प्रहरी विनोद चेोधरीको मृत्यु भएको छ । मंगलबार तुलसीपुरमा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको चुनावी सभालाई सम्बोधन गरिरहँदा अज्ञात समूहले बम बिस्फोट गराएको थियाे । बम विस्फोटमा परी घाइते भएका २३ वर्षीय चेोधरीको उपचारका क्रममा आज बिहान २.३० बजे कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको दाङ प्रहरी प्रमुख एसपी दुर्गा सिंहले जानकारी दिए । बम विस्फोटमा घाइते भएका मध्ये तीनजनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । बाँकी पाँचजनाको राप्ती अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्