प्रधानमन्त्रीको सभास्थल नजिक बम बिष्फोट, म्यादी प्रहरी सहित आठ घाइते



नरेन्द्र केसी, दाङ । दाङको तुलसीपुरमा बम विष्पोट हुँदा म्यादी प्रहरी सहति ८ जना घाइते भएका छन् ।
घाइते हुनेमा तुलसीपुर १८ बस्ने म्यादी प्रहरी विनोद चौधरी, तुलसीपुर ६ की २३ बर्षिय जेनी वली, शान्तिनगर गाउँपालिका २ का ५० बर्षिय हिमलाल राम्जाली, बबई गाउँपालिका ६ का ३६ बर्षिय नेबबहादुर खत्री,१ ८ बर्षिया सुनिता चौधरी, सल्यान थारमारेकी ४० बर्षिया देवी डीसी,सल्यानको ढोरचौरकी ४५ बर्षिया नरवनी बुढा, घाइते हुनुभएको छ ।

घाइतेमध्ये जेनी ओली र विनोद चौधरीको अवस्था गम्भीर रहेको छ । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको र थप उपचारकालागी नेपालगञ्ज रेफर गरिएको राप्ती अञ्चल अस्पतालले जनाएको छ । बम बिस्फोट गराउने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

नेपाली कांग्रेस दाङले तुलसीपुरको अरनीको मैदानमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्न आएका प्रधानमन्त्री शेरवहादुर देउवा कार्यक्रमस्थल प्रवेश गर्नै लाग्दा बम विष्पोट भएको हो ।

चुनावीसभा आयोजना गरेको करिब एक सय मिटर टाढाको दुरीमा बम विष्पोट गराएको बताइएको छ । बम विष्फोट गराउनेको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाशचन्द्र गुप्ताले जानकारी दिनुभयो ।

घटनाको कसैले जिम्मा नलिए पनि चुनाव बहिष्कार गरेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले बिष्फोट गराएको प्रहरीले अनुमान गरेको छ । यसअघि बाम गठबन्धनले गरेको चुनावी सभालाई सम्वोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’ आएको बेला नेकपाले दाङ बन्द गरेको थियो । त्यस्तै सोही दिन घोराहीमा आयोजित सभास्थल नजिक बम बिष्फोट गरिएको थियो । त्यस्तै केही दिनअघि तुलसीपुरमा आयोजित सभास्थल नजिक पनि बम बिष्फोट गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्