ताप्लेजुङमा मतपेटिकाको सुरक्षाका लागि सिसि क्यामरा खरिद गरीने



ताप्लेजुङमा मतपेटिकाको सुरक्षाका लागि सिसि क्यामरा खरिद गरीने

रविन भट्टराई, ताप्लेजुङ ।
ताप्लेजुङमा राखिएको मतपेटिकाको सुरक्षाका लागि राजनितिक दलले सिसि क्यामराको माग गरेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका चार वटा कोठामा सिलबन्दि गरी राखिएको जिल्लाका सबै मतपेटिकाको निगरानि सिसि क्यामराबाट पनि हुनुपर्ने माग गरे पनि क्यामरा खरिदका लागि निर्वाचन आयोगमा स्विकृति माग गरीएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्किले जानकारी दिनुभयो ।

सोमबार राति सम्ममा सबै मतपेटिका सदरमुकाम ल्याईसकिएको र सिलबन्दि गर्नु पुर्व राजनितिक दलहरुले सिसि क्यामराबाट पनि निगरानि गर्नुपर्ने माग गरे पछि निर्वाचन आयोगमा सिसि क्यामरा खरिदका लागि माग गरीएको अधिकृत कार्किले बताउनुभयो ।

आयोगबाट प्रकृया र खरिद ढिला भए क्यामरा खरिदको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचनका आएको रकमबाटनै खरिद गर्ने जानकारी आयोगमा गर्ने दलहरु विचको छलफल पछि सहमति भएको उहाँको भनाई छ ।

मतपेटिका राखिएको कोठालाई अहिले सिलबन्दि गर्ने र क्यामरा खरिद भए पनि पुन सर्वपक्षिय बैठक पछि सिल खोलि क्यामरा जडान गर्ने र पुन सिलबन्दि गर्ने तयारी स्वरुप मंगलबार मतपेटिका राखिएको कोठा सिलबन्दि गरीएको छ ।

मतपेटिकाको सुरक्षाका विषयमा राखिएको दल, सुरक्षा निकाय र मुख्य निर्वाचन अधिकारी विचका छलफलमा राजनितिक दलले सुरक्षाका विषयमा विभिन्न चासो राखेका थिए । मत पेटिकालाई मुसाबाट समेत जोगाउनका लागि बिरालो राख्ने लगायतका विषयमा नेकपा एमालेका उपाध्यक्ष मात्रिका भट्टराईले कुरा उठाउनुभएको थियो भने कोठामा भएका भ्mयालमा समेत सिल गर्ने विषयमा छलफल भएको थियो ।

सुरक्षाका विषयमा स–साना कुरा उठे पनि अन्त्यमा ढोकामा सिल गर्ने र सिसि क्यामरा खरिद गरी जडान गर्ने विषयमा सहमति भएपछि कोठा सिल गरीएको प्रमुख जिल्ला अधिकारी मोहन जिसिले जानकारी दिनुभयो । सो सिल गरीएका कोठालाई ससस्त्र प्रहरीले चौबिसै घण्टा सुरक्षा दिने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्