खराब मौषमका बाबजुद पनि संखुवासभाका सबै मतदान केन्द्रका मतपेटीका सदरमुकाम ल्याइयो



फोटो ईन्द्र गिरी,संखुवासभा

ईन्द्र गिरी , संखुवासभा ।

संखुवासभाको विकट र हिमाली भेगमा रहेका मतदान केन्द्रको मत पेटीका आज सेनाको हेलिकप्टरबाट आज केहि समय अगाडी ल्याईपुर्याएको छ । हिजो ल्याउने तयारी गरिए पनि मौसम खरावको कारण ल्याउन नसकिएको मुख्य निर्वाचन कार्यालय संखुवासभाले जनाएको छ । जिल्लाको उत्तरी गाविसका ९ मतदान केन्द्र पैदल यात्राबाट ३ दिन भन्दा बढि लाग्ने र सुरक्षालाई मध्यनजर गदै हेलिकप्टरबाट ल्याईएको हो ।

मौसम खरावीको कारण उत्तरी क्षेत्रका मतदान केन्द्रबाट मतपेटीका हिजो ल्याउन नसकिएको र आज २ दिन पछाडी ल्याईएको प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताउनु भयो । उहाले मतदान अधिकृत सहित मतपेटीका आज विहान ल्याईएको र जिल्लाका १ सय ५३ मतदान केन्द्रबाट मत पेटीका ल्याई सकिएको बताउनु भयो ।

संखुवासभा जिल्लाको विकट उत्तरी हिमाली क्षेत्र भोटखोला गाउपालीकाबाट किमाथांका, हटिया, लिङगम, थुदाम, चेपुवा, रिदाक, च्यामताङ, मकालर गाउपालीकाको गौथला र सिलिचोङ गाउपालीकाको दिपज्योति निमावि मतदान केन्द्र सहित ९ मतदान केन्द्रका मतपेटीका आज ल्याईएपछि सवै मतदान केन्द्रका मत पेटीका संकलन गरि राजनैतिकदलको रोहवारमा जिल्ला समन्वय समितिको हलमा सिलबन्दी गरि राखीएको बताउनु भयो ।

उहाले जिल्ला समन्वय समितिको हलमा राखीएको मत पेटीका ससस्त्र प्रहरी र जनपथ प्रहरीले सुरक्षा दिने बताउनु भयो । मत पेटीका राखीएको स्थान वरिपरि देखिने गरि सि. सि. क्यामरा जडान गरि २४ सै घण्टा कडा सुरक्षा दिने थप प्रमुख जिल्ला अधिकारी जोशीले बताउनु भयो ।

संखुवासभा जिल्लामा १ लाख ५ हजार ८५ मतदाता रहेका संखुवासभा जिल्लामा ६९ हजार १ सय मत खसेको थियो । करिव ६५ प्रतिशत मत खसेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । सदरमुकाम खादवारी ल्याईएका मतपेटीका जिल्ला समन्वय समितिको हलमा उच्च सतर्कताकासाथ सुरक्षा ब्यावस्थाको घेरामा राखीएको छ ।

जिल्लाको मत गणना भने मंसिर २१ गते बेलुका ५ बजेबाट शुरु गर्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृत प्रकाश राउतले जानकारी दिनु भयो ।

मौसमको खरावीको कारण संखुवासभाको विकट हिमाली क्षेत्रमा रहेका मतदान केन्द्रबाट आज २ दिन पछाडी सेनाको हेलिकप्टरबाट सदरमुकाम ल्याईदै ।

प्रतिक्रिया दिनुहोस्