ताप्लेजुङमा हिमपात, जनजीवन प्रभावित



ताप्लेजुङको प्रशिद्ध तिर्थस्थल पाथिभरा क्षेत्रमा परेको हिमपात र सो स्थानबाट देखिएका हिमपातको दृष्यहरु । तस्विर : रविन भट्टराई, ताप्लेजुङ

रविन भट्टराई, ताप्लेजुङ ।
ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा सोमबार रातिदेखि हिमपात सुरु भएको छ । सोमबार राती परेको सामान्य वर्षासँगै हिमाली क्षेत्रमा हिमपात सुरु भएको भएको हो ।
हिमपातका कारण ओलाङ्चुङगोला, याङ्मा, घुन्सा, लेलेप, ग्याब्ला, तोक्पेगोला र फले लगायतका जिल्लाको माथिल्लो क्षेत्रको जनजीवन प्रभावित बनेको छ भने प्रशिद्ध तिर्थस्थल पाथिभरामा पनि बाक्लो हिमपात हुँदा तिर्थयात्रि पनि प्रभावित बनेका छन् ।

तीन हजार साथ ९४ मिटरको उचाईमा रहेको पाथिभरामा पनि पाँच ईन्च सम्म हिमपात भएको छ भने हिउँ माथिल्लो फेदि सम्म हिउँ झरेको स्थानिय ईन्द्र नारायण भट्टराईले बताए ।

माथिल्लो क्षेत्रका बस्तीहरुमा बाक्लो हिमपात भएसँगै चिसो हृवातै बढेको स्थानीयले बताएका छन् । चिसोको असर वृद्धवृद्धा, बालबालिका तथा पशुपंक्षीमा बढी परेको स्थानीयको भनाइ छ ।

यस्तै जिल्लाका फाकुम्बा, साँघु, याम्फुदिन, कालीखोला, इखाबु, मामाफ्रे लगायतका उच्च भेगका स्थानमा समेत चिसो बढेको स्थानीयले बताए । डाँडातिर हिउँ बर्सिरहँदा तल्लो भेगमा चिसो अधिक बढेको छ ।

 

प्रतिक्रिया दिनुहोस्