कांग्रेस उम्मेद्वार बानियाको घरमा बम बिष्फोट



ललितपुर (नेस) ।
ललितपुर क्षेत्र नम्बर ३ प्रदेश नम्बर (ख) नेपाली काग्रेसका उम्मेद्वार शिवराम वानियाको भैसेपाटी स्थित घरमा वम बिष्फोट भएको छ । सोमबार बिहान उहाँको घर अघि बम राखिएको प्रहरीले जनाएको छ ।

उम्मेद्दार वानिया बिहान घरदैलो कार्यक्रममा गैरहेको बेलामा अज्ञात समुहले बम राखेको हो । नेपाली सेनाको बम डिष्पोजल टोलीले बम डिष्पोज गरेको हो । स्थानीय आत्माराम थापाका अनुसार उम्मेद्दार लक्षित बम राख्ने प्रयास भएतापनि समयमै सुरक्षाकर्मीले जानकारी पाएपछि बम डिष्पोज गरिएको हो

प्रतिक्रिया दिनुहोस्