लालबाबु पण्डितमाथि मोरङमा बम प्रहार



मोरङ । मोरङको चिसहनी बडहरा गाउँपालिकामा नेकपा एमालेका नेता लालबाबु पण्डितलाई लक्षित गरी बम प्रहार भएको छ । बुढीगंगा गाउँपालिका-५ मा आयोजित चुनावीसभालाई सम्बोधन गर्न जाने क्रममा पण्डितलाई लक्षित गरी बम प्रहार भएको हो ।

बम प्रहारबाट मानवीय क्षेति भने भएको छैन । पण्डितलाई लक्षित गरी बम प्रहार भएको भए पनि उहाँ सकुशल रहनु भएको बताइएको छ । नेता पण्डित मोरङ ६ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्