पेस्तोल र गोलीसहित सप्तरीमा चारजना पक्राउ



पेस्तोल र गोलीसहित सप्तरीमा चारजना पक्राउ
काठमाडौं । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाको सकरपुराबाट एकथान कटुवा पेस्तोल र २ राउण्ड गोली सहित चार जनालाई प्रहरीले सोमबार राति ८ बजे पक्राउ गरेको छ ।

सकरपुरास्थित एक घरमा मदिरा पिइरहेको बेला चारै जनालाई प्रहरीले हतियारसहित पक्राउ गरेको हो ।

सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहको नेतृवमा गएको प्रहरी टोलीले चारैजनालाई हतियार सहित नियन्त्रणमा लिएको हो ।

पक्राउ परैका चारैजनालाई राजविराज ल्याइदैछ । प्रहरी उपरीक्षक सिंहले पक्राउ परेकाहरुको विषयमा अनुसन्धान भइरहेको र परिचय खुल्न नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्