नाम नै नभएका व्यक्तीहरु मतदान स्थलमा आएपछि दोलखाको मर्बुमा तनाव, ३ राउण्ड हवाई फयर



दोलखा। बैतेश्वर गाउँपालिका मार्बुमा कालिका माध्यामिक मतदान केन्द्रमा चुनावका क्रममा हवाई फायरभएको छ । मतदाता नामावलीमा नाम नै नभएकाहरु भोट हाल्न आएकाले हवाई फायर गर्न बाध्य बनेको प्रहरीले जनाएको छ ।

नामावली नभएकाहरुलाई त्यस ठाउबाट हटाइएको सहायक प्रमुख जिल्ला अधिकारी बालकृष्ण कटुवालले बताए ।

३ राउण्ड हवाई फायर गरेर उनीहरु भागेपछि अहिले शान्तिपूर्ण रुपमा मतदान चलिरहेको बालकृष्ण कटुवालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्