रुकुममा फेरी अर्को मतपेटिकामा पनि आगो लाग्यो, कांग्रेसका एक प्रतिनिधि पक्राउ



धनवीर दाहाल रुकुम ।
स्थित नेपाल राष्ट्रिय मावि गतसैना मतदान स्थलको (ख) मतदान केन्दको समानुपातिक तर्फको मत पेटिकामा पनि आगो लागेको छ ।

घटनामा संलग्न भएको आरोपमा सोही मतदान केन्द्रमा खटिएका कांग्रेसका प्रतिनिधि केशव बहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ । घटनापछि समानुपातिकतर्फको मतदान रोकिएको छ ।

मतदान रोकिएपछि पुनः मतदान गर्ने सायक निर्वाचन अधिकृत तेज प्रसाद पौडेलले जानकारी दिनुभएको छ ।
त्यबाहेकका अन्य स्थानमा भने मतदान शान्तीपुर्ण रुपमा भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्