पाँचथरमा २५ प्रतिशत मत खस्यो, मतदान जारी



गणेश साम्पाङ, पाँचथर ।
प्रदेश न १ को पाँचथरमा आइतबार बिहान देखि नै निर्वाचन शुरु भयो । पाँचथरका मुख्य निवाचन अधिकृत मनोजकुमार केसीका अनुसार जिल्लाका सबै मतदान केन्द्रमा ७ देखि साढे साथ बजे भित्रमा मतदान भएको बताउनु भयो ।

वहाँले जिल्लाको १ स्थानमा रहेको १ सय ६५ मतदान भइ रहेको बताउनु भयो ।

जिल्लाको सबै मतदानकेन्द्रमा शान्तिपुर्ण तरिकाले मतदान भइ रहेको कही कतै अवरोध नरहेको पाँचथरका प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेबी हुमागाईले बताउनु भयो ।

बिहान ११ बजे सम्ममा २५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय पाँचथरका अधिकारी धुर्बकुमार राईले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्