रुकुमको मतपेटिकामा आगो लाग्यो !


धनवीर दाहाल, रुकुम । रुकुम पश्चिमको रत्न माबि बाँफिकोटको मतदान केन्द्र (क) बुथमा प्रत्यक्ष तर्फको मतपेटिकामा आगो लागेको छ । प्रतिनिधि सभा अन्र्तगत प्रत्यक्ष तर्फको मतपेटिकामा आगो लागेको हो । मतपेटिकाबाट धुवाँ निस्कीएपछि तत्काल पानी हालेर आगो निभाइएको थियो । पुरै मतपेटिकामा नभएर केही मत पत्रमा मात्र जलेको प्रहरीले जनाएको छ । मतपेटिकामा कसरी आगो लाग्यो भन्ने बारे अनुसन्धान भइरहेको छ ।
अहिले मतदान कार्य रोकिएको छ भने सर्वदलिय बैठक बसीरहेको छ । मतपेटिकामा एसिड हालेको आशंका गरिएको छ । मतदान अधिकृत नन्दलाल महतोका अनुसार उक्त पेटिकामा २५० मत खसेको थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।