धादिङमा बुथ कब्जाको प्रयास, कर्नेलको नेतृत्वमा सेना जाँदै



काठमाडौं । धादिङमा बुथ कब्जाको प्रयास भएपछि कर्नेलको नेतृत्वमा नेपाली सेनाको टोली हेलिकप्टर मार्फत धादिङ जान लागेको छ । धादिङ स्थित सहकर्मी दिपक रिजालका अनुसार धादिङको टिप्लीङ ‘ख’ केन्द्र र झर्लाङ ‘क’ केन्द्रमा कांगे्रस नेतृत्वको लोकतान्त्रीक गठबन्धनले बुथ कब्जाको प्रयास गरीरहेको छ । यता हिजो बेलुका बाम र लोकतान्त्रीक गठबन्धनबीच झडप भएको झार्लाङ ‘ख’ मतदान केन्द्रमा अहीले सम्म मतदान शुरु भएको छैन । मतदान गराउन नेपाली सेनाका कर्नेलको नेतृत्वमा एक टोली हेलिकप्टर मार्फत धादिङ जान लागेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्