कम्युनिष्ट शासनमा नेपाली विदेश जानै पाउँदैनन्ः नेता खाँड



भक्तपुर । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले मुलुकमा कुनै हालतमा कम्युनिष्ट शासन आउन नदिने बताएका छन् । भक्तपुर क्षेत्र नं २ ले गरेको निर्वाचन प्रचारप्रसार कार्यक्रममा खाँडले कम्युनिष्ट शासन युवा पुस्ताका लागि ठूलो सकस हुने बताए ।

‘बिश्वका चारवटा मुलुकमा मात्रै कम्युनिष्ट शासन छ । जसरी नेपाली युवाहरु अध्ययन र रोजगारीका लागि विदेश जान पाएका छन्, कम्युनिष्ट शासन आएपछि निर्वाध रुपमा विदेश जान नपाउँने बताए ।

उत्तर कोरिया, क्युवा, लाओस र भियतनाममा मात्र कम्युनिष्ट शासन रहेको बताउँदै काँग्रेस नेता खाँडले ती मुलुकबाट कोही पनि स्वेच्छाले विदेश जान नपाउने गरेको उदाहरण प्रस्तुत गरे । त्यसकारण युवाहरुले कम्युनिष्ट पार्टीलाई भोट दिनु भनेको आफ्नो खुट्टामा आफैं बञ्चरो हान्नु भएको उनको भनाई छ ।

नेपालको विकास जलस्रोत र पर्यटनको प्रवद्र्धनबाट मात्र सम्भव हुने उल्लेख गर्दै नेता खाँडले मुलुकमा कम्युनिष्ट शासन आएका पर्यटकहरु समेत आउन नपाउने दावी गरे । नेपालीको विकासका लागि लोकतन्त्रको विकल्प नभएको र नेपाली कांग्रेसले मात्र लोकतन्त्रको रक्षा गर्न सक्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्