‘बिपी कोइराला बाँचेका भए कांग्रेस छाडेर एमालेमा आउँथे’



पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो निर्वाचनपछि कांग्रेसको सरकार कहिल्यै नबन्ने बताएका छन् ।

पोखरामा शनिबार आयोजित वाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले शेरबहादुर देउवा नै कांग्रेसको अन्तिम प्रधानमन्त्री भएको उद्घोष गरे ।

‘शेरबहादुर देउवा नै कांग्रेसको अन्तिम प्रधानमन्त्री हो । यसमा आपत्ति जनाएर निर्वाचन आयोग गुहार्नु के अर्थ ?’, ओलीले भने, ‘म ज्योतिषी हो र शेरबहादुर देउवा सात चोटी प्रधानमन्त्री बन्छन् भन्दै हिँड्न । मैले दक्षिणा लिएको हो र ? त्यसो भन्नलाई ।’

आफूमाथि निर्वाचन आचारसंहिता उलंघनको आरोप लागेको प्रति ओलीले कटाक्ष गर्दै संविधान जारी गर्ने मान्छेले आचारसंहिता उल्लघंन नगर्ने बताए । ‘हामीले कानुनको राज हुनुपर्छ भनेका छौँ’, उनले भने, ‘लोकतन्त्र ढाँट्ने छल्ने व्यवस्था होइन, हामी कानुन उलंघन गर्दैनौ । एमाले कानुन पालना गर्ने पार्टी हो ।’

‘बिपी कोइराला अहिले बाँचेको भए कांग्रेस छाडेर एमालेका आउँछु भन्थे’, उनले भने, ‘कांग्रेसको यस्तो अवस्था देखेर बिपीले बैँशमा बनाएको पार्टी अहिले काम लाग्दैन भनेर एमाले बन्छु भन्थे भन्थे ।’

कांग्रेस सभापति देउवामाथि निशाना साँध्दै ओलीले अगाडि भने, ‘ज्योतिषीले कसै कसैलाई घरैमा प्रधानमन्त्री बनाओस् जनताले अरुलाई बनाउँछन् ।’

पुसबाट नेपाली कांग्रेसको नेतृत्वमा सरकार नहुने बताउँदै ओलीले बिपीको समाजवाद सुनेर कांग्रेसका नेताहरु तर्सिने गरेको दाबी गरे ।

‘ बिपी र गणेशमान समाजवाद भन्थे, अहिलेका कांग्रेसी विरोध गर्दै कुद्छन्, झस्किन्छन् । १९९७ सालमा कुटाई खाएर कांग्रेस बनाएका गणेशमानजीले काम लागदैन भनेर छाडे’, उनले भने, ‘गणेशमानजीले आफूले बनाएको पार्टी लौरो टेक्दै छाड्नपुर्यो, कृष्णप्रसादजीको हालत त्यस्तै भयो ।’
नेपाली कांग्रेसलाई बनाएका बिपी कोइराला बाँचेको भए उनले पनि कांग्रेस छाडेर एमालेमा प्रवेश गर्ने उनले दाबी गरे । ‘बिपी कोइराला अहिले बाँचेको भए कांग्रेस छाडेर एमालेका आउँछु भन्थे’, उनले भने, ‘कांग्रेसको यस्तो अवस्था देखेर बिपीले बैँशमा बनाएको पार्टी अहिले काम लाग्दैन भनेर एमाले बन्छु भन्थे भन्थे ।’

प्रतिक्रिया दिनुहोस्