चालिस लाख रुपियाँसहित पक्राउ



काठमाडौं, (नेस)
सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा कार्यालय रुपन्देहीबाट खटिएको एपीएफ टोलीले मंसिर ८ गते ४० लाख ९ हजार नेपाली रुपियाँसहित १ जनालाई पक्राउ गरेको छ।

रुपन्देही जिल्लाको कोटहीमाई गाउँपालिका ५ नौडिहवा बस्ने २४ वर्षीय विजयनाथ यादवलाई सोही जिल्लाको सिद्धार्थनगर नगरपालिका २ स्थित मेउडीहवा भन्ने स्थानबाट उक्त रकमसहित एपीएफ टोलीले पक्राउ गरेको हो।

लु.२९ प ४९४१ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा उनलाई सो कार्यालयबाट सशस्त्र प्रहरी वरिष्ठ हवल्दार मुक्तिप्रसाद थारुको कमान्डमा खटिएको एपीएफ टोलीले जाँच गर्ने क्रममा उल्लेखित रुपियाँसहित पक्राउ गरेको हो।

त्यसबेला एपीएफ टोलीले उक्त मोटरसाइकलसमेत बरामद गरी निज यादवलाई उल्लेखित रुपियाँसहितै आवश्यक अनुसन्धानका लागि स्थानीय प्रहरीलाई बुझाएको छ।

प्रतिक्रिया दिनुहोस्