वाम गठबन्धनले नै देशको जिम्मा लिनुपर्छ ः प्रचण्ड



चितवन, (नेस)
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तरी वर्षदेखि अस्थिरताको भूमरीमा परेको देशलाई स्थिरता दिने जिम्मेवारी वाम गठबन्धनको काँधमा आएको बताउनुभएको छ।

उहाँले वाम गठबन्धनले नै देशको जिम्मा लिनुपर्ने बताउँदै कम्युनिस्टको बलियो एकताले मात्र बहुमतको सरकार बनाउने र राजनीतिक स्थिरता दिनसक्ने बताउनुभएको हो।

वाइसियल र युवा संघले चितवन क्षेत्र नम्बर ३ को संयुक्त भेलालाई शुक्रबार सम्बोधन गर्दै प्रचण्डले पूर्वप्रधानमन्त्री मनमोहन, केपी ओली र आफूले सरकारको नेतृत्व गर्दा केही नयाँ रेकर्ड बनाएको कम्युनिस्ट नेतृत्वको सरकारले जनता र राष्ट्रको पक्षमा अरूभन्दा राम्रो काम गरेर रेकर्ड बनाएको बताउनुभयो।
उहाँले स्वदेशमा रोजगारी दिन नसक्दा लाखाँैं युवा विदेसिएको बताउँदै केही आम्दानी भए पनि विदेशमा स्वाभिमानी भएर बाँच्न नसकेको धारणा व्यक्त गर्नुभयो।

युवालाई रक्सी र मासुको भुलभुलैयामा राखेर युवाको अपमान गर्नेहरूका विरूद्ध सचेत ढंगले मुकाबिला गर्न निर्देशन दिँदै प्रचण्डले भन्नुभयो– ‘साम्राज्यवादीले युवालाई क्षणिक स्वार्थका लागि उपयोग गर्ने गरेका छन्, प्रतिक्रियावादी दक्षिणपन्थीले मात्रै होइन, अन्तर्राष्ट्रिय बुर्जुुवाले पनि युवालाई उपयोग मात्रै गर्दछन्।’

प्रतिक्रिया दिनुहोस्