आचारसंहिताको उलंघन गर्नेमा ठूला दल नै अग्रपङक्तिमा



cfrf/;+lxtf ljk/Lt k|rf/k|;f/ lgsflnFb} lgjf{rg cfof]usf cfo’Qm;lxt g]kfn k|x/Lsf] ;+o’Qm 6f]nLåf/f sf7df8f}Fsf] rfjlxn If]qdf z’qmaf/ lgjf{rg cfrf/;+lxtf ljk/Lt ljleGg kf6L{n] 6fFu]sf lgjf{rg k|rf/k|;f/sf em08f / Jofg/x? lgsflnFb} . tl:a/ M k|bLk/fh jGt, /f;;

काठमाडौँ । निर्वाचन आयुक्त सुधीरकुमार शाहले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारमा निर्वाचन आचारसंहिताको काठमाडौँमा पालना के–कस्तो ढंगबाट भइरहेको छ भन्नेबारेमा मङ्सिर ८ गते अनुगमन गरेका छन्  ।

सो क्रममा चाबहिलको लामपोखरी, पशुपति मित्रपार्क क्षेत्र र बानेश्वरको संगमचोकमा निर्वाचन आचारसंहिता विपरीत सडकमा वारपार गरी टाँगिएका पार्टीका चिन्ह अंकित तुल/ब्यानर प्रचारजस्ता प्रचार सामग्री हटाउने कार्यक्रममा आयुक्त शाह आफै संलग्न भए । अनुगमनको क्रममा नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)को टाँगिएका चुनाव चिन्ह अङ्कित तुल ब्यानर र उम्मेदवारको फोटो अंकित फलेक्स हटाइएको थियो ।

जनताको मनोविज्ञानमा दिग्भ्रमित हुनेगरी तथा निर्वाचन आचारसंहिता विपरीत निर्वाचन प्रचारप्रसार भइरहेको छ भन्ने आम जनताको सिकायतका आधारमा निर्वाचन आयुक्त शाहसहितको टोलीले  अनुगमन गरेको हो ।  टोलीले मीनभवनस्थित प्रयाग मार्ग, वसन्तुपर नजिक झोछेँ, न्यूरोडको पाको र रञ्जना गल्लीमा अस्वभाविकरुपले प्रदर्शन गरिएका निर्वाचन प्रचार सामग्री तत्काल हटाउन लगाउन स्थानीय प्रशासन र प्रहरीलाई निर्देशन दिइएको छ ।

अनुगमनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै निर्वाचन आयुक्त शाहले यस्ता भद्दा खाले प्रचारप्रसारका सामग्रीको प्रदर्शनले मतदातालाई दिभ्रमित तुल्याउने भएकाले आयोगले तत्काल हटाउन निर्देशन दिएको जानकारी दिएका छन्   । उनले भने – “निर्वाचन आयोगको सरोकार भनेको मतदाता कुनै पनि किसिमले प्रभावित हुनुहुदैन, सडक, सहर र चोकमा भएको भद्दा प्रदर्शनले नगरलाई कुरुप बनाउने काम भएको छ, यो सभ्य नागरिकका लागि उपयुक्त देखिन्न ।”

निर्वाचन आचारसंहिताभित्र रहेर प्रचारप्रसार गर्ने सन्दर्भमा राजनीतिक दल, उम्मेदवार र कार्यकर्ता सचेत हुनुपर्ने आवश्यकतामाथि जोड दिँदै आयुक्त शाहले आचारसंहिताको पालना प्रचारप्रसारमा मात्र नभइ आमसभा र ¥यालीमा पनि देखिनुपर्दछ । निर्वाचन आचारसंहिता पालनामा अवज्ञा गरेको खण्डमा आयोगले आगामी दिनमा कठोर निर्णय लिनपछि नपर्ने पनि उनले बताए । निर्वाचन आचारसंहिताले आचारसंहिता विपरीतका झण्डा, तुल, ब्यानर सकडको एक छेउबाट अर्काे छेउसम्म टाँग्न निषेध गरेको छ । अनुगमनका क्रममा प्रमुख दलका उम्मेदवारबाट आचारसंहिताको ठाडो उलंघन भएको पाइएको थियो ।

काठमाडौँलगायत उपत्यकामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन दोस्रोचरण अन्तर्गत मंसिर २१ गते हुँदैछ । आयोगले आगामी दिनमा आचारसंहितको पालनाको विषयलाई निरन्तर निगरानी गर्ने जनाएको छ । टोलीमा निर्वाचन आयोगका सह न्यायाधिवक्ता गीता तिमिल्सिना, काठमाडौँका प्रमुख जिल्ला अधिकारी केदार शर्मा र काठमाडौँका प्रहरी प्रमुख रवीन्द्र धानुक पनि सहभागी थिए  ।

प्रतिक्रिया दिनुहोस्