केशव स्थापित घुस लिँदालिँदै रंगेहात पक्राउ !



काठमाडौं । काठमाडौंको पुतलीसडकस्थित करदाता सेवा कार्यालयमा कार्यरत नायब सुब्बा केशव स्थापित घर्तीमगर सेवाग्राहीसँग घुस लिँदालिँदै पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले स्थापितलाई रंगेहात पक्राउ गरेको हो ।

नियमानुसार सेवाग्राहीको स्थायी लेखा नम्बर दर्ता खारेजी नगरी विभिन्न बहानामा सेवाग्राहीसँग घुस माग गरेको भन्ने उजुरीका आधारमा अख्तियारले टोली खटाएको थियो । सो टोलीले ६ हजार रुपैयाँ घुस लिईसकेको अवस्थामा पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्