​सुन तस्करीको आरोपमा न्यूरोडका सुन पसले पक्राउ


काठमाडौं ।  सुन तस्करीको आरोपमा न्यूरोडका सुन पसले पक्राउ परेका छन् । मनकामना ज्वेलर्सका   सुदम शाक्यलाई  प्रहरीले पक्राउ गरेको हो । रत्नपार्कबाट बरामद भएको तीन किलो सुन तस्करी आरोपमा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीले बताए ।
क्रममा बा.३२ प ५६६७ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा उक्त सुन पसलका कर्मचारी मोहन महर्जन र आयुष बज्राचार्यलाई पक्राउ गरेको थियो ।  उनीहरुमाथि अनुसन्धान गर्ने क्रममा सुन पसले पनि पक्राउ परेका हुन् । उनीहरुलाई कमलपोखरीको सिटी सेन्टर अगाडि सुन दिने गुरुङलाई पनि प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।