सर्वोच्च अदालतमा प्रहरीको कडा सुरक्षा



काठमाडौ । सर्वोच्च अदालतभित्र बम नभएको प्रहरीले जानकारी दिएको छ। सर्वोच्व परिसरभित्र बम भएको फोन आएपछि प्रहरीले दिउँसो १ बजेदेखि खोजी गरेको थियो।

प्रहरीको तालिम प्राप्त कुकुरले सर्च गर्दासमेत केही शंकास्पद वस्तु फेला नपरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रविन्द्र धानुकले जानकारी दिएका छन । सर्वच्चव अदालत स्थित सहकर्मी प्रशान्त वलीका अनुसार प्रहरीले चेक जाँच कडा बनाएको छ । उनका अनुसार प्रहरीले खोजी गर्दा बम फेला परेको छैन । आज मध्यान्ह १२ बजेतिर सर्वोच्च अदालतको सचिवालयमा तीन वटा बम रहेको भन्दै अज्ञात नम्बरबाट फोन आएपछि प्रहरीले खोजी थालेको थियो। फोन कसले गरेको भन्ने विषयमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ। प्रधानन्यायाधीशको सचिवालय, कामु रजिस्ट्रारको कार्यालय र सर्वोच्च अदालतका प्रवक्ता कहाँ फोन गरेर बम राखेको छ, सुरक्षित हुनुहोला भन्दै फोन गरिएको थियो।

फोन सेटमा कलर आइडी नभएकाले कहाँ र कसले फोन गरेको भन्ने अनुसन्धान गर्न नेपाल टेलिकमको सहयोग लिनुपर्ने भएको छ।
प्रधानन्यायाधीश र रजिस्ट्रार भने आज नवलपरासीमा छन्।

प्रतिक्रिया दिनुहोस्