चुनावमा धाँधली गर्न सिडिओको सरुवा

0
Shares

काठमाडौं । सरकारले चुनावमा धाँधलीको उद्देश्यले चार जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ । पहिलो चरणको निर्वाचनको पाँच दिनअघि सरकारले चार जिल्लाका प्रमुख जिल्ला अधिकारीको सुरुवा गरेको हो । सरकारले केही जिल्लामा प्रहरी प्रमुखको समेत सरुवा गरेको छ ।
गृहमन्त्री समेत रहेका प्रधानमन्त्री शेरवहादुर देउवाको आदेशमा सोमबार राति नै पहिलो चरणमा चुनाव हुने जिल्लाका सिडिओ सरुवा गरिएको हो । गृहमन्त्रालयको कार्यभार समेत देउवा आफैंले सम्हालेका बेला चुनावलाई प्रभावित पार्ने गरी प्रमुख जिल्ला अधिकारी सरुवा भएका हुन् ।
पहिलो चरणमा चुनाव हुने भोजपुर, सोलुखुम्बु, रसुवा र नुवाकोटका प्रमुख जिल्ला अधिकारी सरुवा भएको गृहमन्त्रालयले जनाएको छ । सोलुखुम्बुका सिडिओ भुपेन्द्र खत्रीलाई कांग्रेस नेता बलवहादुर केसीको दबाबमा सरुवा गरी उनको ठाउँमा सूर्य खनाललाई पठाइएको छ ।
त्यस्तै, भोजपुरमा चेतराज बरालको ठाउँमा फणिन्द्र दाहाललाई सिडिओ बनाएर पठाइएको छ । रसुवाकी प्रमुख जिल्ला अधिकारी हरिदेवी पौडेलको ठाउँमा चोमेन्द्र न्यौपानेलाई पठाइएको छ । त्यस्तै नुवाकोटमा जगदिशराज बराललाई हटाएर वीरेन्द्रकुमार यादवलाई पठाइएको छ । सरकारले कैलाली र नुवाकोटको प्रहरी प्रमुखको पनि सरुवा गरेको छ ।