काँग्रेस नेता खड्काको घरमा बम बिष्फोट



बागलुङ । सत्तारूढ दल नेपाली काँग्रेस बागलुङ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं  सहकारी तथा गरिबि निवारण राज्यमन्त्री चम्पादेवी खड्काको निवासमा बम बिष्फोट भएको छ । सोमबार राती बागलुङ बजारको लालीगुराँस चोकस्थित राज्यमन्त्री खड्काको निवासमा बम बिष्फोट भएको हो ।

बम विष्फोटनबाट कुनै मानवीय क्षती नभएको डिएसपी विश्वराजसिंह थापाले बताएका छन् । घरको भूईतलामा गराईएको बम विष्फोटबाट सामान्य क्षति पुगेको छ । निर्वाचनको मुखैमा आएर गरिएको बम विष्फोटन बिप्लव समुहले गरेको हुनसक्ने आशंका गरिए पनि त्यसको पुष्टी हुन सकेको छैन

प्रतिक्रिया दिनुहोस्