‘चुनाव बिथोल्ने अब जेलमा’


धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव बिथोल्न खोज्ने माथि कडा कारबाही हुने बताउनुभएको छ ।

आज यहाँ पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उहाँले प्रजातान्त्रिक पद्धतिमा चुनाव अतिआवश्यक भएकाले चुनाव विरोधी गतिविधि गर्नेलाई कारबाही हुने बताउनुभयो ।

प्रदेश नं ७ का विभिन्न जिल्लामा आयोजित काँग्रेसको चुनावी सभामा सहभागी भएर सोमबार उहाँ काठमाडौँ फर्किनु भएको छ ।

नेपाली काँग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले निर्वाचनको उचित सुरक्षा व्यवस्थापन गर्न नेपाली सेना परिचालन गर्ने निर्णय भइसकेको जानकारी दिनुभयो ।

विभिन्न जिल्लामा भएको काँग्रेसको चुनावी सभामा जनताको सहभागिता उत्साहजनक रहेको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।