बर्षमान पुनलाई मार्न खोजियो, आज तेस्रो पटक बम आक्रमण



रोल्पा । रोल्पाका लागि वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका माओवादी नेता बर्षमान पुनलाई लक्षित गरेर तेस्रो पटक आक्रमण गरिएको छ ।

उपप्रधान तथा विन विभागीय मन्त्री कृष्ण बहादुर महरा, सभामुख ओनसरी घर्ती लगायतका नेताहरुलाई लक्षित गरि रोल्पा नगरपालिका १ भदौरे जङगलमा बम पड्काईएको हो ।

गत शनिबार २५ गते प्रचार–प्रसारको क्रममा सुकिदहबाट घर्तीगाउँ आउँदै गर्दा भित्ताबाङको जङगलमा एम्बुस बिष्फोट भएको थियो । बिष्फोटबाट मानविय क्षति भने भएन । पुनका सुरक्षाकर्मीले जवाफी कारबाहीमा फायरिङ गरेका थिए ।

कडा सुरक्षाबीच घर्तीगाउँ पार गरेर चुनावी सभाका लागि दुईखोली गाउँपालिकाको बाघमारा प्रचार–प्रसारका लागि जाँदै थिए । आइतबार उनै पुनको र टोलीलाई लक्षित गरि केउरी खोलाको जङगलमा गोली प्रहार भयो । लगातार फायरिङ भएपछि त्यहाँ पनि प्रहरीले जवाफी फायरिङ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्