नारायणकाजीलाई लक्षित गरी विस्फोट



नेपाल समाचारपत्र
गोरखा
गोरखामा नारायणकाजी श्रेष्ठलाई लक्षित गरी राखिएको बम विस्फोट भएको छ। गोरखा नगरपालिका–१० स्थित सिर्दीखोला पुलनजिकै सुतली बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक प्रकाश अधिकारीले जानकारी दिनुभयो। विस्फोटबाट कुनै क्षति नभएको प्रहरीले जानकारी दिएको छ। नारायणकाजी वाम गठबन्धनका तर्फबाट गोरखा क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनुहुन्छ। घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्