पाटन औद्योगिक क्षेत्रमा भीषण आगलागी



ललितपुर । ललितपुरस्थित पाटन औद्योगिक क्षेत्रमा भीषण आगलागी भएको छ ।

मंगलबार साँझ भएको आगलागी के कारणले भयो भन्ने नखुलेको बताइएको छ । प्लास्टिक उद्योगमा आगलागी भएको कारण आगो नियन्त्रणमा ल्याउन असहज भइरहेको प्रहरीले जानकारी दिएको छ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत स्थानीय मिलेर र दमकलको सहायताले आगलागी नियन्त्रणको प्रयास गरीएको छ ।

प्रतिक्रिया दिनुहोस्