नेपाली कांग्रेसका नेतासहित तीनजनालाई २४ घण्टे स्पष्टीकरण

0
Shares

काठमाडौँ । निर्वाचन आयोगले नेपाली कांग्रेसका नेता एवम संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवसहित तीन जनालाई २४ घण्टे स्पष्टिकरण सोेधेको छ । आयोगले देवलाई सरकारी सवारी साधनको दुरूपयोग गरी सप्तरीस्थित सार्वजनिक विद्यालय परिसरमा आयोजना गरिएको नेपाली काँग्रेसको चुनावी सभामा प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्य निर्वाचन आचारसंहिता विपरित भएकाले तपाइँलाई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेवापत किन कारवाही नहुनु पर्ने हो भनी २४ घण्टे स्पष्टीकरण माग गरेको छ । त्यस्तै आयोगले नेपाली काँग्रेस, सप्तरीका सभापति एवं नेपाली काँग्रेसका तर्फबाट सप्तरी जिल्लाको क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार दिनेशकुमार यादवलाई सार्वजनिक विद्यालय परिसरमा चुनावीसभा तथा भोजभतेरको आयोजना गरिएको कार्य निर्वाचन आचारसंहिता विपरित भएकाले तपाइँलाई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेवापत किन कारवाही नहुनु पर्ने हो भनी २४ घण्टे स्पष्टीकरण माग गरेको छ । र आयोगले सप्तरीको खुरहुरियास्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्यनारायण यादवलाई सार्वजनिक विद्यालय परिसरमा चुनावीसभा तथा भोजभतेरको आयोजना गरिएको कार्य निर्वाचन आचारसंहिता विपरित देखिएकाले तपाइँलाई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेवापत किन कारवाही नहुनु पर्ने हो भनी २४ घण्टे स्पष्टीकरण माग गरेको निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नवराज ढकालले जानकारी दिए ।