आइटी बिद्यार्थीको पक्षमा सरकारी निर्णय



नेपाल समाचारपत्र, काठमाडौं । विज्ञान तथा प्रविधि राज्यमन्त्री विराज विष्टले आइटी बिद्यार्थीको पक्षमा न्यायपूर्ण व्यवस्था ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास र विस्तार व्यापक रुपमा भइरहेको सन्दर्भमा देशका लागि आवश्यक आइसिटी जनशक्तिलाई देशमै अवसर प्रदान गर्न आवश्यक रहेको उनले बताएका हुन ।
सूचना र सञ्चार प्रविधि समाज, नेपाल (एसआइसिटी नेपाल)को प्रतिनिधिमण्डलसँग कुरा गर्दै राज्यमन्त्री विष्टले आइसिटी क्षेत्रको समुचित विकासका लागि स्वदेशमै आइटीका अवसरहरु बढाउनु पर्ने बताए ।
हालै सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको संघीय शासन तथा सामुदायिक विकास कार्यक्रमका लागि देशभरका स्थानीय तह र जिल्ला समन्वय समितिमा आइटी अफिसर माग गर्दा त्रि.वी. इन्जिनियिरङ अध्ययन संस्थानमा बि.ई. कम्प्युटर पढेकाले मात्रै आवेदन गर्न पाउने व्यवस्था ल्याइएपछि आईटी पढ्ने अन्य विद्यार्थी मर्कामा परेको भन्दै विरोध जनाएका थिए । एसआइसिटी नेपालको दबाब र विज्ञान राज्यमन्त्री विष्ट सकृयतामा पुन ः नयाँ सूचना जारी गरेर नेपाल सरकारले मान्यता प्राप्त विश्वविद्यालयका हरेक आइसिटी प्रोगाम पढेका विद्यार्थीले सो पदमा आवेदन गर्न पाउने व्यवस्था मिलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्