सुर्खेत । प्रहरीले ठूलो परिमाणको बम बनाउने कच्चा पदार्थ बरामद गरेको छ । कैलालीको सुगरखाल हुँदै सुर्खेतको पञ्चपुरी–११ ढुंगेबजारबाट ल्याउँदै गरेको डेटोनेटर, जिलेटिन, फ्युजवायर, तारहरुसँगै प्रहरीले मोवाईल सेटसहित नेपाली र भारती सिमकार्डसमेत बरामद गरेको छ ।
सुराकीको आधारमा शुक्रबार राति ध १ च १०६ नम्बरको जीपबाट ति सामग्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी मोहन आचार्यले जानकारी दिनुभयो । आचार्यका अनुसार डेटोनेटर ६० थान, जिलेटिन ५ सय ६० र त्यसमा प्रयोग हुने तार ११ मिटर बरामद गरिएको छ ।
बरामद गरिएको समग्री प्रेसर कुकुर, सुतली बम लगायतका सामग्री बनाउन यस्ता पद प्रयोग हुने यसपी आचार्यले बताउनुभयो । सवारी चालकलाई नियन्त्रणमा लिएपनि विष्फोटक पदार्थ कसले ल्याएको हो भन्ने विषयमा भने नखुलेको र अनुसन्धान भइरहेको एसपी आचार्यले बताउनुभयो ।
केही दिनअघि मात्रै इलाका प्रहरी कार्यालय छिन्चुले ५ थान डेटोनेटरसहित पूर्व लडाकुसमेत रहेका जाजरकोटका दलबहादुर विश्वकर्मालाई पक्राउ गरेको थियो । यत्तिको ठूलो परिणाममा विष्फोटक सामग्री प्रहरीले बरामद गरेको यो पहिलो घटना हो । बरामद गरिएका विष्फोटक पदार्थ आसन्न मंसिर १० र २१ गते हुने निर्वाचन विथोल्नका लागि बम बनाउन ल्याइएको हुनसक्ने प्रहरीको आशंका छ ।











प्रतिक्रिया