माओवादीका बागीहरु पार्टीबाट निस्कासित


काठमाडौं । नेकपा (माओवादी) केन्द्रले वाम गठबन्धनका उम्मेदवारविरुद्ध आधिकारिक उम्मेदवारी दिने १० जना नेतालाई बिहीबार पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ । बागी उम्मेदवारी दिनेका समर्थक र प्रस्तावकलाई माओवादी केन्द्रले पार्टी सदस्य समेत नरहने गरी अनुशासनको कारबाही गरेको जनाएको छ  ।
पार्टीबाट निष्काशित हुनेमा ३ पोलिटव्यूरो सदस्य र ७ जना केन्द्रीय स्तरका नेता रहेका छन् ।
प्रतिनिधिसभा सदस्यको लागि सल्यानबाट उम्मेदवार बनेका टेकबहादुर बस्नेतबिरुद्ध बागी उम्मेदवारी दिएका पोलिटव्यूरो सदस्य उमाकान्त शर्मा, प्रतिनिधिसभा सदस्य उम्मेदवार हुम्लाबाट बनेका छिमिदोर्जे लामाबिरुद्ध बागी उममेदवारी दिने पोलिटव्यूरो सदस्य छक्कबहादुर लामा, सल्यानबाटै प्रदेश ‘क’ मा बागी उमेदवारी दिएका पोलिटव्यूरो सदस्य भिमप्रकाश शर्मालाई माओवादी केन्द्रले कारबाही स्वरूप पार्टीबाट निष्कासन गरेको हो ।
त्यस्तै प्रदेशसभा सदस्यको लागि उम्मेदवा बनेका सल्यान ‘ख’ बाट बागी उम्मेदवारी दिएका आयोजक समिति सदस्य जितबहादुर पुनलाई पनि पार्टी सदस्य नरहने गरी माओवादी केन्द्रले पार्टीबाट निष्कासन गरेको छ ।
सल्यानका बागी उम्मेदवारहरुका प्रस्तावक र समर्थक आयोजक समिति सदस्यहरू प्रमोद श्रेष्ठ, शालिकराम भट्टराई, सेतीरा ओली, हरिलाल डिसी, टंक ढकाल र कीर्तिबहादुर रानालाई माओवादी केन्द्रले पार्टीको सदस्य समते नरहने गरी निष्कासन गरेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।