समृद्ध रुकुमका लागी बाम गठबन्धनको जित अनिवार्य



धनवीर दाहाल, रुकुम । वामगठवन्धनको तर्फवाट प्रतिनिधि सभा पश्चिम रुकुमका उम्मेद्धार जनार्दन शर्मा प्रभाकरले समृद्ध रुकुम निर्माणका लागि वामगठवन्धनको जित अपरिहार्य भएको वताउनुभयो । पश्चिम रुकुमको चौरजहारी नगरपालिका खोलागाउमा भएको चुनावी सभालाई सम्वोधन गर्दै नेता प्रभाकरले भन्नुभयो–‘रुकुम संसारका मुक्तिकामी श्रमजीवी जनताको आस्थाको केन्द्र हो यसलाई समाजवादी सत्ताको मोडेलका रुपमा रुकुमलाई विकास गर्ने मेरो सपना छ ।’ रुकुम प्राकृतिक श्रोत साधन र मानव श्रमका दृष्टिले धनी भएको वताउदै यसको परिचालन गरि रुकुमलाई आधुनिक विकास र समृद्धिको मोडेल वनाउन सम्भव भएको वताउदै उहाँले आफु चुनावी आश्वासन वाँडन गाँउ नपसेको जनताको समृद्धिको सपना पुरा गर्ने संकल्प गर्न आएको वताउनुभयो । अघिल्ला चुनाववाट निर्वाचित भएपछि आफुले संविधान निर्माणको कामसंगै जिल्लाको विकासको जग हालेको वताउदै अव पुरै समय विकास र समृद्धिको योजना कार्यन्वयनमा खर्चिने उहाँको भनाई छ । उम्मेद्धार प्रभाकरले आफनो पहलमा चौरजहारी वजारमा राष्ट्रिय प्रशारण लाईनको विद्युत आईपुगेको वताउदै ६ महिना भित्र खोलागाँउ नुवाकोटसम्म विद्युत लाईन पुर्याउने र १ वर्ष भित्र नगरपालिकाका सवै घरमा विजुली वाल्ने वताउनुभयो ।

त्यसैगरी चौरजहारी नगरपालिकाको मेरुदण्डको रुपमा रहेको झुलनेटा–चौरजहारी सडक र सल्लीवजार–चौरजहारी सडकको स्त्तरोन्नती गरि कालोपत्रे गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । जहारी खोला करिडोर कृषि उपजको उर्वरभुमि भएको वताउदै उम्मेद्धार प्रभाकरले कृषिको व्यवसायीकरण र आधुनिकिकरण गरेर वेरोजगारीको अन्त्य गर्ने वताउनुभयो । उहाँले ५ वर्षभित्र सवै घरधुरीमा एक घर एक धाराको नीति कार्यान्वयन गर्ने, चौफा वजारलाई नमुना वजार निर्माण गर्ने, कृषि क्याम्पसलाई स्तरवृद्धि गर्ने, खोलागाँउमा टेलीफोन टावर र ईन्टरनेट सेवा उपलब्ध गराउने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले आसन्न निर्वाचन पछि राज्यको तिन वटै तहमा वामपन्थि सरकार हुने वताउदै सवै तहका सरकार युद्धस्तरमा मुलुकको विकास र समृद्धिमा लाग्ने पनि वताउनुभयो । कार्यक्रमलाई सम्वोधन गर्दै एकता संयोजन समिति पश्चिम रुकुमका प्रमुख नेता तथा नेकपा (माओवादी केन्द्र)का जिल्ला ईन्चार्ज राजकुमार शर्माले अव मुलुकमा एउटै कम्युनिष्ट केन्द्र वन्ने दावि गर्नुभयो ।

समृद्ध समाजवादी राष्ट्र निर्माणका लागि आफुहरु कम्युनिष्ट केन्द्र निर्माण गर्न अघि वढेको वताउनुभयो । उहाँले जिल्लावाट गठवन्धनका आठजना उम्मेद्धार रहेको चर्चा गर्दै नेता शर्माले सवै उम्मेद्धारलाई विजय गराउन आव्हान गर्नुभयो । ‘गठवन्धनमा को एमाले को माओवादी भन्ने विषय ठुलो होईन सवै उम्मेद्धार वामगठवन्धनका हुन सवैको जीत जरुरी छ’–उहाँले भन्नुभयो । कार्यक्रमलाई सम्वोधन गर्दै एकता संयोजन समिति पश्चिम रुकुमका अर्का प्रमुख नेता तथा नेकपा (एमाले)का केन्द्रीय सदस्य शेरवहादुर केसीले रुकुममा गठवन्धनले देशभरकै ठुलो मतान्तरमा जीत हाँशील गर्ने दावी गर्नुभयो । रुकुममा वामगठनवन्धले जित हाँशील गरेर मात्र नपुग्ने भन्दै केसीले वामगठवन्धनको जित गुणात्मक हुनुपर्ने वताउनुभयो । वामगठवन्धनले रुकुममा राष्ट्रिय व्यक्तित्वलाई उम्मेद्धारको रुपमा पाँउदा सवै वामपन्थी कम्युनिष्ट शक्ति गौरव गर्नुपर्ने उहाँको भनाई छ । रुकुममा एमालेवाट प्रत्यक्ष तर्फको उम्मेद्धार नभएको भन्दै विरोधिहरुले चोरदुलोवाट एमालेजनलाई भ्रमित गर्न खोजेको वताउदै नेता केसीले जनार्दन शर्मा प्रभाकर लगायत सवै उम्मेद्धार एमालेकै भएको वताउनुभयो ।

उहाँले आफुहरु राष्ट्रिय आवश्यकता पुरा गर्न एकता प्रक्रियामा गईसकेको भन्दै माओवादी केन्द्रका उम्मेद्धारलाई नै मतदान गर्न सवै एमाले सम्वद्ध मतदातालाई आव्हान गर्नुभयो । कार्यक्रममा प्रदेश सभा क्षेत्र नं. २ का उम्मेद्धार गोपाल शर्मा अनल, समानुपातिक उम्मेद्धार विमला केसी, चन्द्रवहादुर विक र देवि ओली लगायतले सम्वोधन गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय लोक गायकहरु अमित परियार, तिलक परियार, डिल्ली परियार लगायतले गित मार्फत वामगठवन्धनका उम्मेद्धारहरुको पक्षमा मत माग्नुभएको थियो । यसैगरि सहीद स्मृति कला उत्थान केन्द्र साँस्कृतिक परिवारले विभिन्न साँस्कृतिक प्रस्तुतीहरु प्रदर्शन गरेको थियो । चौरजहारी नगरपालिकाको खोलागाँउमा सम्पन्न यो कार्यक्रम पश्चिम रुकुममा वामगठवन्धनको यो चौथो चुनावी सभा हो । सभाको संचालन पार्टी एकता संयोजन समिति चौरजहारीका प्रमुख नेता विशाल शर्माले गर्नुभएको थियो भने पार्टी एकता संयोजन समिति सदस्य मिश्रिलाल कुँवरले अध्यक्षता गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्