स्पेन विभाजनको विपक्षमा नेपाल


काठमाडौँ । नेपाल सरकारले स्पेन अधिराज्यको विभाजनको विपक्षमा रहेको स्पष्ट गर्दै त्यहाँको आन्तरिक मामिला स्पेनको संवैधानिक दायराभित्र रहेर समाधान गर्नुपर्नेमा जोड दिएको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी स्पेनको सार्वभौमिकता, राष्ट्रिय एकता र भौगोलिक अखण्डताको दृढ समर्थन एवं सम्मान गर्छ भन्दै नेपाल र स्पेनबीचको सम्बन्ध पारस्परिक, मैत्री, सहयोग, आपसी समझदारी र एक अर्काका आकांक्षाप्रति सम्मानमा आधारित रहेको बताएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।