जमीनमुनि गाडेको पेस्तोल भेटियो 


काठमाडौं । काठमाडौं महानगरपालिका–१६ नँयाबजारस्थित श्री कृष्ण अटो वर्कशपमा लुकाई राखेको बा.५ च ९१७५ नम्बरको कारको सिटमुनीबाट प्रहरीले आइतबार २ थान गोली र काठमाडौं महानगरपालिका –१३ टंकेश्वरबाट १ थान पेस्तोल बरामद गरेको छ । गोर्खा धार्के गाउँपालिका–४ लाप्राक घर भएका २८ वर्षीय कल्याण गुरुङलाई काठमाडौं नागार्जुन–५ घर भएका आश्विन भन्ने असुन गुरुङले गोली प्रहार गरेको घटनामा पक्राउ परेका गुरुङको बयानको आधारमा प्रहरीले उक्त स्थानबाट गुरुङले प्रयोग गरेको कारबाट गोली र  टंकेश्वरस्थित खुल्ला जमिनमुनी लुकाई राखेको अबस्थामा पेस्तोल बरामद गरेको हो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।