उपप्रधानमन्त्री कृष्णबहादुर महरा कार्यकक्ष छाडेर भागे !


नेपाल समाचारपत्र, काठमाडौं ।
उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले आफ्नो कार्यकक्ष छाडेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रबाट बनेका मन्त्रीहरुलाई हटाउने तयारी गरिरहेका बेला महराले आइतबार मध्यान्न कार्यकक्ष छाडेका हुन् ।

उनले आफ्ना सरसामान प्याक गरेर लगेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

प्रधानमन्त्री देउवाले राप्रपालाई सरकारमा सहभागी गराएपछि शुक्रबार माओवादी केन्द्रको बैठक बसेको थियो । तर, उसले आफ्ना मन्त्री फिर्ता नबोलाउने निर्णय गरेको थियो ।

प्रधानमन्त्री देउवाले शुक्रबार नै संसदलाई सम्बोधन गर्दै माओवादी केन्द्रका मन्त्री हटाउने संकेत गरेका थिए ।

 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।