गौचन हत्याको छानबिनका लागि डिआईजीको नेतृत्वमा बिशेष छानविन समिति

0
Shares

काठमाडौैं । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको हत्या घटनाको अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयले बिशेष टोली गठन गरेको छ । डिआईजीको नेतृत्वमा सात सदस्यीय समिति गठन गरिएको प्रहरी प्रवक्ता डिआईजी मनोज नेउपानेले बताए ।
समितिमा रहेने प्रहरीहरुको टुंगो लाग्ने बाँकी रहेको बताइएको छ । छानबिन समितीका संयोजक रहेका डिआईजीको नाम पनि खुलाइएको छैन । महानगरीय अपराध महाशाखाले सोमबार नै एसएसपी दिवेश लोहनीको संयोजकत्वमा समिति गठन गरेको थियो ।