दाङ । बाँकेको राप्तीसोनारी गाउँपालिका-१ लौकी खोलामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । काठमाडौंबाट धनगढी जाँदै गरेको ना ४ ख ८२५५ नम्बरको यात्रुबहाक बस दाङ भन्दा केही दूरी अगाडि पुगेपछि सडकबाट १५ मिटर तल खोलामा खसेको हो । दुर्घटनामा १२ जना घाइते भएका छन् । उनीहरुको कोहलपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी टेकबहादुर तामाङले जानकारी दिए । दुर्घटनामा मृत्यु भएकाहरु र घाइते भएकाहरुको नाम, ठेगना खुल्न सकेको छैन । दुर्घटनास्थल नेपालगञ्जबाट करिब १०० किलोमिट दाङतर्फ पर्छ ।











प्रतिक्रिया