गौंचन हत्याको विरोधमा अनिश्चितकालिन टेण्डर बहिष्कार

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौंचनको हत्याको विरोधमा निर्माण व्यवसायीले निर्माणका अनिश्चितकालका लागि सबै टेण्डर बहिष्कार गर्ने भएका छन्।
महासंघको सोमबार बसेको आकस्मिक बैंठकले गौंचनको हत्यामा संलग्न अपराधी हिरासतमा नलिएसम्म टेण्डर बहिष्कार गर्ने निर्णय गरेको हो।महासंघद्धारा जारी विज्ञप्तिमा भनिएको छ । गौंचनको हत्यामा संलग्नलार्इ हिरासतमा नलिएसम्म सम्पूर्ण निर्माण खरीदका बोलपत्र आब्हान नगर्न नगराउन सरकार समक्ष जोडदार माग गर्ने र सो अवधिसम्म सम्पूर्ण बोलपत्रका कार्यमा सहभागी हुँदैनौं। व्यवसायीले बुधवार देशभरका सबै निर्माण कार्य बन्द गर्ने महासंघद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।