दुर्घटनामा सत्र घाइते


 

हेटौँडा, ३० भदौ । चितवनको नारायणगढबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ५ ख ३२३५ नंं को यात्रु बससँग हेटौँबाट नारायणगढ जाँदै गरेको ना ३ ख ४८८४ नंंको ट्रक आज अपराह्न हेटौँडा–नारायणगढ सडकखण्डको रजैयामा ठोकिँदा १७ यात्रु घाइते भएका छन् ।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई हेटौँडास्थित चुरेहिल अस्पतामा उपचारपछि थप उपचारका लागि चितवन मेडिकल कलेजमा पठाइएको मकवानपुरका प्रहरी नायब उपरीक्षक दिलिपराज झाले जानकारी दिनुभयो । अन्य घाइतेको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।