सरिता चलाउने, भाद्र । जिल्ला प्रहरी कार्यलय सल्यानले एकसय लिटर अबैध मदिरा नष्ट गरेको छ । अनुमतिबिना सञ्चालमा गर्दै आईरहेका होटेल तथा भट्टिपसल बाट एकसय लिटर घर पालुवा रक्सी र ४ ड्रम जाँड नष्ट गरेको हो । जिल्लाको श्रीनगर, साहुटोल लगायतका बिभिन्न स्थान बाट रक्सी, र जाँड बरामत गरी शनिबार प्रहरी कार्यलयको हाता भित्रै नष्ट गरिएको प्रहरी नायब उपरिक्षक भरत कुमार बिकले जानकारी दिनु भएको छ ।
उहाँका अनुसार रातको समयमा अबेरसम्म भट्टिपसलमा बसि होहल्ला गरेको भन्दै गोप्य सुचनाको आधारमा मदिरा बरामत गरी नष्ट गरिएको बताउनु भयो । समाजमा शान्ति सुब्यवस्थामा खलल गर्ने कार्य गरेको पाईएकाले मदिरा बरामत गरी नष्ट गर्नु परेको हो उहाँले भन्नुभयो ।
प्रहरी नायब उपरिक्षक बिकले मानब स्वास्थ्यमा प्रतिकुल असर पुग्ने मदिरा अनुमतिबिना उत्पादन गरी बिक्रिबितरण गर्नेलाई कारबाहि गर्ने बताउनुभयो । भखरै मात्र सल्यान आउनुभएका प्रहरी नायब उपरीक्षक बिकले करिब दुई हप्ता भित्रमै नागरिकले दिएको गोप्पे सुचाको आधारमै यस्तो उदारणी काम गर्नुभएको छ । अबको दिनहरुमा यस्तो कार्यलाई तिब्रता दिने र जनताले साथ दिएमा समाजमा सुधार आउने जुनसुकै काममा पनि आफु सक्रिय भएर लाग्ने प्रतिबद्धता गर्नुभयो ।











प्रतिक्रिया