सरिता चलाउने, सल्यान । अविरल वर्षा रोकिए संगै सल्यानको सल्लीबजार देखि रुकुमको चौरजहारी सडक खण्ड अन्तरगत चल्ने सवारीसाधन सुचारु भएका छन । विगत २ महिना देखि लगातार वर्षातका कारण आएको बाढी, पहिरो हटाएपछि उक्त सडकखण्डमा गाडी सुचारु भएका हुन । वर्षातको मौषममा लगातार झरी परेपछि सडकमा बाढी पहिरो आउँनुका साथै सडकमा लामा, चौडा र गहिरा खाल्डा खुल्डी परेका कारण केही महिना ति सडक खण्डहरुमा गाडि चलेका थिएनन ।
गाडि नचल्दा यात्रुहरुलाई निकै सास्ती भोग्नु परेको थियो ।बिस्तारै बर्षा हटेसँगै चौरजहारी नगरपालिकाको पहलमा ठूलठूला पहिरो हटाएको र सडक डिभिजन कार्यालय दाङले भर्ना गरेका र सडकमा काम गर्ने लेन्थवरकरले विभिन्न ठाउँका खाल्डा खुल्डी पुरेपछि गाडीहरु सञ्चालनमा आएको गाडी नम्बर ना. ५ ख. ५१३७ का गाडी चालक कवेन्द्र बुढाथोकीले जानकारी दिएका छन ।
विगत दुई महिना देखि गाडी सञ्चालन नहुँदा गाडीको किस्ता तिर्न पनि धौधौ भएको र बाध्यताले सडक राम्रो नहुँदा नहुँदै गाडी जोखिममा मोलेर सञ्चालन गर्नु परेको ना. ३ ख. ६५७३ नम्बरका गाडी मालिक खिमबहादुर रानाले बताए । प्रत्यक बर्ष बर्षा सुरु हुदा त्यस ठाउँका सडक खण्ड पटक पटक अबरुद्ध हुदा पनि सम्बन्धित निकायको ध्यान जान नसकेको स्थानीयले बताउने गरेका छन ।











प्रतिक्रिया