रुकुमको कला संस्कृतिको संरक्षणको लागी साँस्कृतिक महोत्सव हुँदै

0
Shares

धनवीर दाहाल, रुकुम ।
रुकुममा संगीत संग्रहालय स्थापनाका लागि आगामी असोजमा पर्यटन तथा सांस्कृतिक महोत्सव हुने भएको छ । रुकुम कला साँस्कृतिक मञ्चले आयोजना गर्ने महोत्सवमा स्थानीय स्तरमा उत्पादित बस्तुको बजारिकरण संगै मस्त पुणित संगीत संग्राहलय स्थापना र प्रचार–प्रसारका लागि साँंस्कृतिक महोत्सव गर्न लागिएको हो ।

आगामी असोज १९ गते देखी ३० सम्म सदरमुकाम मुसिकोटको बराहटाकुरामा लाग्ने महोत्सवमा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती रहने बताईएको छ । महोत्सवमा चलचित्र अभिनेता भुवन केसी, लोकदोहोरी गायक विष्णु खत्री, गायिका बीमाकुमारी दुरा, आधुनिक गायक प्रमोद खरेल लगायत हाँस्यव्यंग्य कलाकार र सम्पुर्ण रुकुमेलीगायक–गायिकाहरुको प्रस्तुती रहनेछ । त्यस्तै महोत्सवको प्रत्येक दिन बेलुकीपाँच बजेपछि चर्चित कलाकारहरुबाट प्रत्यक्ष घम्साघम्सी दोहोरी पनि चल्ने बताईएको छ । प्रत्यक्ष दोहोरीमा आधुनिक बाद्यय बाधनका सामग्री लगायत अक्टो प्याडको पनि प्रयोग गरिने भएको छ । महोत्सवलाई भव्य रुपमा सफल पार्न रुकुम महोत्सवको अर्को फरक आकर्षणको रुपमा उँट पनि प्रर्दशन स्टलमा राखिने बताईएको छ ।

रुकुम कला साँस्कृतिक मञ्चको आयोजनामा हुन लागेको महोत्सवमार्फत रुकुमको पर्यटकीय क्षेत्रको प्रचार–प्रसार लगायतकलाकार कल्याण कोषको स्थापनाका लागि पनि महोत्सवगर्न लागिएको महोत्सव मूल आयोजक समितिका संयोजक डिल्ली परियारले बताउनुभयो । उहाँका अनुसार महोत्सवमा ७० देखी ८० वटा व्यवसायिक स्टलहरु राखिने भएको छ । महोत्सव संचालनका लागि करिब ३६ लाख बढि खर्च हुने आँकलन गरिएकाले उक्त महोत्सव सफल पार्नका लागि आम जिल्लाबासी सबैको सहयोग रहनुपर्ने रुकुम कला साँस्कृतिक मञ्चका उपाध्यक्ष अमित परियारको भनाई छ ।

महोत्सवका लागि हाल सम्पुर्ण तयारी करिब अन्तिम चरणमा पुगेको र केही काम बाँकी भएकाले त्यसको लागिपनि संस्थाका सबै पदाधिकारीहरु एक साथ लागि परेको संस्थाका सचिब तिलक परियारले बताउनुभयो । यस्तै संस्थाका अध्यक्ष किरणबाबु पुनका अनुसार काठमाडामौं रहेर पनि जन्मथलो रुकुमलाई मायाँगर्ने सबै रुकुमेली कलाकारहरुको विषेश पहलमा रुकुमको कला संस्कृतिको संरक्षण र प्रर्बद्धनका लागि पनि एकताको सन्देश दिनलाई यो संस्था एक वर्ष अघि दर्ता गरिएको हो । वैधानिक रुपमा काठमाडौंमा दर्ता गरिएको यो संस्थाले अब तत्काल पश्चिम र पूर्वी रुकुम लगायत सबै स्थानीय तहमा पनि कला साँस्कृतिक मञ्च गठन गर्ने बताईएको छ ।