पुष्कर बुढाथोकी, भक्तपुर । वालवाटिका डटकमको आयोजनामा शुरु भएको उपत्यकाव्यापी खुल्ला अन्तर विद्यालय हस्तलेखन प्रतियोगीता अन्तरगत भक्तपुरमा सम्पन्न पहिलो चरणको कार्यक्रममा ७०० विद्यार्थीले सहभागीता जनाएका छन । ती मध्ये करिव १०० विद्यार्थी फाईनल चरणमा प्रवेष गरेका छन । प्रतियोगीतामा ३, ४ र ५ कक्षा समुहबाट ओम ज्ञान मन्दिरका स्वपनिल तामाङ प्रथम, रोशम स्कुलका सरोज लामा द्धितिय, प्रज्ञा स्कुलका निकिता कार्की तृतिय तथा विनायक शिक्षा निकेतनका वर्षा मोक्तान चौथो भएका छन ।
यस्तै ६ र ७ कक्षा समुहबाट प्रज्ञा स्कुलका स्नेहा खत्री प्रथम, माउण्ट एभरेष्टका दिक्षित खतिवडा द्धितिय, ओम ज्ञान मन्दिरका निसान्त पाण्डे तृतिय, भक्तपुर निष्टका समृद्धि परजापति चौथो भएका छन । यसैगरि ८, ९ र १० कक्षा समुहबाट मेधा स्कुलका बिक्की तामाङ प्रथम, आदर्श जन प्रेमीका रविन निरौला द्धितिय, भक्तपुर निष्टका रोजित श्रेष्ठ तृतिय तथा मेधा स्कुलका लसता गोसाई चौथो भएका छन । प्रतियोगीताबाट सबै समुहका गरि करिव एक सय विद्यार्थी फाईल राउण्डकालागी छनोट भएका छन ।
यचु पार्टि प्यालेसमा वालवाटिका डटकमका अध्यक्ष वद«ी प्रसाद दाहालको सभापतित्वमा भएको कार्यक्रममा मध्यपुर नगरपालिकाका उपमेयर अन्जना देवि मधिकर्मि प्रमुख अतिथि रहनुभएको थियो । प्रतियोगीताका विजेताहरुलाई वधाई दिदै उपमेयर मधिकर्मिले यस्ता कार्यक्रमको आयोजनाले वालवालिकाको चौतर्पी विकासमा टेवा पुरयाउने भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । साथै उहाँले आगामी दिनमा नगरपालिकाले समेत प्रतिभा प्रस्फुटनका कार्यक्रममा हातेमालो गर्ने प्रतिवद्धता समेत ब्यक्त गर्नुभयो । कार्यक्रममा प्याव्सन केन्दि«य उपाध्यक्ष दिपिका रिमाल थापा, केन्दि«य सचिव राजकुमार महर्जन, एनप्याब्सन केन्दि«य उपाध्यक्ष मनोज घिमिरे, एनप्याब्सन केन्दि«य सचिव प्रलाद दाहाल, जिल्ला शिक्षा कार्यालय भक्तपुरका स्रोत ब्यक्ति राज्यलक्ष्मी श्रेष्ठको उपस्थिति रहेको थियो ।
लेखन भाषिक सञ्चारको एक प्रभावकारी र सशक्त कला भएको र नेपालमा विद्यार्थीको मूल्याङ्कनका निमित्त लिइने परीक्षाको माध्यम नै लेखन भएकोले सुन्दर हस्तलेखन अति आवश्यक रहेकाले विद्यार्थीलाई सुन्दर हस्तलेखनको महत्ववारे जानकारी दिन तथा सुन्दर हस्तलेनको वातावरण निर्माण गर्न प्रतियोगीताको आयोजना गरिएको प्रतियोगीताका निर्देशक हरिश डिसीले जानकारी दिए ।
पहिलो चरणमा हरेक नगरपालिकाका विजेता विद्यार्थीहरुले ट्रफी, मेडल र सर्टिफिकेट पाउने तथा फाइनलमा विजेताहरुले एक लाख नगद पुरस्कार सहित प्रमाणपत्र तथा ट्रफी प्राप्त गर्नेछन । देशका कुना कन्धरामा छरिएर रहेका विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने उदेश्यले वालवाटिका डटकमले यो कार्यक्रमबाट औपचारिक रुपमा प्रतिभा प्रस्फुटनको कार्यक्रमलाई औपचारिक रुपमा शुरुवात गरेको निर्देशक हरिश डिसीले बताए । वालवाटिका डटकम नेपालको शैक्षिक क्षेत्रको स्तरोन्तीकालागि विगत १५ वर्षदेखि अनवरत रुपमा लागि परेको संस्था सिटिएफ नेपालसंग भगिनि सम्वन्ध रहेको छ । प्रतियोगीताको फाइनल राउण्ड तिहार लगत्तै हुने आयोजकले जनाएको छ ।











प्रतिक्रिया