समाचार प्रभाव, विशालको मृगौला भोली प्रत्यारोपण

0
Shares

ज्ञानमणि नेपाल, चण्डेनीमण्डन–काभ्रे । लामो समय देखि दुवै मृगौला पीडित काभ्रेको मण्डनदेउपुर नपा १०, चण्डेनीमण्डनका २३ वर्षिय विशाल नेपालको भोली मृगौला प्रत्यारोपण हुँदै छ ।

यसका लागि सम्पूर्ण तयारी भइसकेको उनका बुबा राजु नेपालले जानकारी दिएका छन् । मृर्गौला प्रत्यारोपणका लागि अस्पतालले खबर गरे पछि विशाल शुक्रबार नै मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरमा भर्ना भइसकेका छन् । उनको उपचारको लागि एक हप्ताको समय लाग्ने बताइएको छ ।

गएको पुस महिनामा उनको दुवै मृगौला फेल भएको र आर्थिक अवस्था कमजोर भएपछि समस्या आएको समाचार थाहापोष्ट डटकम लगायत विभिन्न संचार माध्यमबाट सार्वजनिक भएपछि उनलाई देश विदेशबाट उल्लेख्य सहयोग आएको थियो । लामो समय देखि अस्पतालकै निगरानीमा रहेका विशालको रगत समूह नमिले पछि मृगौला प्रत्यारोण हुन सकेको थिएन । अहिले भने उनलाई एकजना आफन्तले मृगौला दिने निश्चित भइसकेकाले सम्भवतः आइतबार नै वा सो दिन सम्भव नभए सोमबार प्रत्यारोपण गरिने अस्पतालले जानकारी दिएको छ ।

सहयोगी सबैलाई धन्यवादविशाललाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबै शुभचिन्तक प्रति परिवारले धन्यवाद दिदैं आभार व्यक्त गरेको छ । विशालका बुबा राजु नेपालले छोराको उपचारका लागि सहयोग गर्नेहरुको ऋण तिर्न आफूलाई ठूलो चुनौती भएको बताएका छन् । ‘तपाईंहरुको अमुल्य सहयोग प्रति आभारी छु ।’

कोठाको ओछ्यानबाट उनले भने “अब उनको उपचार सफल बनोस भन्ने प्रार्थना गरेको छु र सबैलाई यसकै लागि अनुरोध गर्दछु ।” स्मरणिय कुरा के छ भने विशालका बुबा राजु आफै विगत १६ वर्ष देखि प्यारालाइसिसका विरामी छन् ।

संकलित रकम पठाइ सहयोग गरिदिन अनुरोध यसैविच उनको परिवारले सहयोग गर्ने सबैबाट धेरै जसो रकम आइसकेको र केहि साथीहरुले संकलन गर्नु भएको भनिएको रकम प्राप्त हुन बाँकी रहेको जनाएको छ । उनको उपचार शुरु भइसकेकाले अब बाँकी रकम पठाई सहयोग गरिदिनु हुन पनि सबैलाई राजु नेपालले अनुरोध गरेका छन् । साथै सहयोग गर्न इच्छुक कोहि हुनु हुन्छ भने पनि सम्पर्क गर्न सकिने उनले बताए । उनको उपचारको लागि तत्काल करिव १० लाख खर्च हुने र त्यस पश्चात पनि जीवन भरि नै नियमित औषधि सेवन गर्नु पर्ने अस्पतालले जानकारी दिएको छ ।