लालीगुराँस उच्चमावि तीन विद्यामा उत्कृष्ठ



नेपाल समाचारपत्र, काठमाडौं । शंखमुल स्थित श्री लालीगुराँस उच्चमावि तीन विद्यामा उत्कृष्ठ भएको छ । देशभरका ७ सय ४४ उमाविविच मंगलबार राजधानीमा भएको प्रतिस्पर्धामा तीन विद्यामा उत्कृष्ठ भएको हो ।

सो उमाविले वेष्ट कलेज अफ द इयर, मेनेजमेन्ट अफ द इयर र वेष्ट प्रिन्सिपल अफ द इयर–२०१७ प्राप्त गरेको हो । मिडिया एण्ड इन्टरटेन्मेन्ट प्रालिले देशभरका कलेजलाई समेटेर आयोजना गरेको कार्यक्रममा नेशनल पावर न्युज एजुकेशनलअवार्ड–२०१७ प्रदान गरिएको हो ।

कलेजका प्रिन्सिपल भानुभक्त पोखरेललाई उत्कृष्ठ प्रिन्सिपल र थप दुई विद्याको अवार्ड प्रदान गरिएको हो । २०५६ सालमा स्थापना भएको कलेजले देशको शिक्षा क्षेत्रमा पु¥याएको योगदानको कदरगर्दै सो अवार्ड प्रदान गरिएको हो । कानुन तथा संसदीयम राज्यमन्त्री दीलबहादर पाख्रिनले अवार्ड प्रदान गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्